कांग्रेस छाडेर राजा फर्काउन हिँडेका खेमराज सेढाईं बैठकस्थलबाटै पक्राउ, तीनकुने घटनामा संलग्न भएको आरोप « Khabarhub

कांग्रेस छाडेर राजा फर्काउन हिँडेका खेमराज सेढाईं बैठकस्थलबाटै पक्राउ, तीनकुने घटनामा संलग्न भएको आरोप


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई वर्षअघि नेपाली कांग्रेस छाडेर राजसंस्था पुनःस्थापना अभियानमा लागेका नेता खेमराज सेढाईं चैत १५ गतेको तीनकुने प्रकरणमा पक्राउ परेका छन्।

उनलाई सोमबार काठमाडौं सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेसबाट बैठक बसिरहेकै अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उक्त पार्टी प्यालेसमा राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्न गत चैतमा गठित नवराज सुवेदी नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल, जनआन्दोलन परिचाल समिति’को बैठक बसिरहेको थियो ।

उक्त बैठकमा सहभागी हुन उक्त पार्टी प्यालेसमा पुगेका सेढाईंलाई प्रहरीले पक्राउ गरिएको हो । लामो समय कांग्रेसको सक्रिय राजनीतिमा रहेका सेढाईं दुई वर्षअघि राजसंस्था पुनःस्थापना र हिन्दू राज्य फर्काउने अभियानमा लागेका थिए ।

सेढाईं सुवेदी नेतृत्वको जनआन्दोलन परिचाल समितिका सल्लाहाकार रहेको खुलेको छ । चैत १५ गते तीनकुने घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले बताएका छन्।

राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार रहेका ७२ वर्षीय सेढाईं नुवाकोटको लिखु गाउँपालिका-३ निवासी हुन् । उनी हाल काठमाडौं महानगरपालिका-७ मा बस्दै आएका थिए ।

गत १५ चैतमा समिति र दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्र पक्षमा भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको थियो। उक्त घटनामा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए । त्यही घटनामा सेढाईं पनि संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

यसअघि चैत १५ गते राति राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पनि पक्राउ परेका थिए। त्यसैगरी तीनकुनेबाट भागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं चैत २८ गते भारतको आसामबाट पक्राउ परेका थिए । प्रहरीले उक्त प्रकरणमा दुई सय बढीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : ५१ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले