पत्रकार दीपेश केसीलाई सर्वोच्चले माग्यो पाँच हजार धरौटी « Khabarhub

पत्रकार दीपेश केसीलाई सर्वोच्चले माग्यो पाँच हजार धरौटी


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेपाली पेन मिडिया प्रालिका प्रधान सम्पादक दीपेश केसीलाई पाँच हजार रूपैयाँ धरौटी माग गरेको छ ।

केसीको बयानले अदालतको अवहेलनाको कसूरदार होइनन् भन्न मिल्ने अवस्था नदेखिँदा कसूरको प्रकृति हेरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम नगद ५ हजार रुपैयाँ धरौटी माग गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतकी नायव सुब्बा कमला रेग्मीले ‘नेपाली पेन’ अनलाइन सञ्चारमाध्यमलाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा सोमबार न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले केसीसँग उक्त धरौटी माग गरेको हो ।

नासु रेग्मीसहित कम्प्युटर अधिकृत रमेश बजगाईंले पत्रकार केसीद्वारा सञ्चालित अनलाइनले अदालतको अवहेलना हुने काम गरेकाले संविधानको धारा १२८ (४) र न्याय प्रशासन ऐन २०७३ को दफा १७ (१) बमोजिम सजाय माग गर्दै निवेदन पेश गरेका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै यसअघि वैशाख १० मा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतले केसीलाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।

उक्त समाचारका कारण अदालतको अवहेलना भएको भन्दै परेको रिटमा नेपाली पेन अनलाइनका सम्पादक र प्रकाशक दीपेश केसीलाई बयान दिन सर्वोच्चले वैशाख १० मा आदेश दिएको थियो।

अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले बयान गराउने आदेश गरेपछि केसी सोमबार उपस्थित भएका हुन् ।

‘नेपाली पेन’ अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रशासन गरेको थियो । उक्त समाचारलाई लिएर सर्वोच्च प्रशासनले नेपाली पेन र त्यसका प्रधान सम्पादक केसीलगायत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : १६ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन