सुरौदी जलाधार क्षेत्र : पुल नहुँदा जोखिम, खेतीयोग्ज जमिन बगरमा परिणत « Khabarhub

सुरौदी जलाधार क्षेत्र : पुल नहुँदा जोखिम, खेतीयोग्ज जमिन बगरमा परिणत


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की, स्याङ्जा र तनहुँका भू-भाग समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीयवासी पुल अभावसँगै वर्षामा खोलाको कटानले वर्षेनी समस्यामा पर्दै आएका छन् ।

खोला आसपासका उब्जाउ योग्य भू-भाग सिँचाइ अभावमा खेती गर्न समस्या छ भने खोलाको कटान नियन्त्रण हुन नसक्दा खेतीयोग्य जमिन वर्षेनी बगर बन्ने क्रम बढेको अगुवा कृषक रमेश आचार्यले जानकारी दिए ।

‘कटान नियन्त्रण नहुँदा वर्षामा रोपेको धान मङ्सिरमा भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने सधैँ चिन्ता हुन्छ’, उनले भने, ‘सुरौदी खोलाको यत्रो जलसम्पदा उपयोगविहीन हुनुका साथै उल्टै वर्षेनी ठूलो क्षति ब्यहोर्नु परेको छ ।’

जलाधारको संरक्षण र उपयोग गर्नसकेमा स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू-भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न र माछापालन गर्न सकिने देखिन्छ ।

यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक रहेको उल्लेख गर्दै उनले पुल अभावमा वर्षातमा ज्यानको जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको बताए।

सुरौदी खोला किनारका जमिन वर्षौँदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको र तीनै जिल्लाको संयुक्त प्रयास अपरिहार्य रहेको पोखरा महानगरपालिका–३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी बताउँछन्।

खोलाको सदुपयोग गर्न सकेमा खोला किनाराको उत्पादनले कास्की जिल्लालाई पूर्णरुपमा कृषिमा आत्मनिर्भर बनाउन सकिने स्थानीयवासी यामप्रसाद पौडेलले बताए। पछिल्ला समयमा अन्य पूर्वाधार विकासका कामले गति लिन थालेको बताउँदै उनले हालै सुरौदी जलाधार क्षेत्र अन्तर्गत कदमबोटेदेखि फेदीसम्म कालोपत्र गरिएको जानकारी दिए।    

यस क्षेत्रको तिखेढुङ्गा क्षेत्रमा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा खरबुजा लगाएका छन्। 

जलाधार क्षेत्रमा झोलुङ्गे पुल निर्माणसँगै खोलाको कटान नियन्त्रणमा राज्यले चासो दिएमा कृषि उत्पादन र जल पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण उपलब्धि हुने स्थानीयको दावी छ । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : ४० बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित