ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको आज करिब १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा पर्ने रत्न राजमार्गअन्तर्गत छिन्चु–धुलियाबिट सडक खण्डको पाडुलेमा ना ५ख ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३–००१प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको थियो। 

नाम नखुलेका करिब २२ वर्षीय घाइते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनले बताए । 

मोटरसाइकलमा पछाडि सवार पञ्चदेवल विनायक नगरपालिका–४ अछामका १९ वर्षीय दमन शाही पनि घाइते भएका छन् । घाइते शाहीको माया मेडिकलहल छिन्चुमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रवक्ता बुढ्थापाले बताए। 

ठक्कर दिने ट्रकसहित २७ वर्षीय चालक ईश्वर मस्र्याङ्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ३ : ५२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको