कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद् « Khabarhub

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद्


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – पाकिस्तानले भारतसँगको युद्ध विराम लागू भएको तीन घण्टामै युद्धविराम उल्लंघन गरेको छ । दुई देशबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएको थियो ।

तर त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको हो । स्थानीय समयअनुसार राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको छ ।

राजौरीमा गोलाबारी ९तोप र मोर्टार० गरिएको थियो । त्यस्तै उधमपुरमा ड्रोन आक्रमण भएको थियो ।गोलीबारीपछि जम्मू–कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ ।

अप्रिल २२ देखि मे १० सम्म पाकिस्तानी गोलीबारीमा चार भारतीय सैनिकको निधन भएको छ भने ६० सैनिक घाइते भएका छन् । साथै १७ जना सर्वसाधारणको पनि मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले ‘यो कस्तो प्रकारको युद्धविराम हो रु श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्’ भनी प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ५५ बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको