किसानलाई माटो परीक्षण गर्न सिकाइँदै « Khabarhub

किसानलाई माटो परीक्षण गर्न सिकाइँदै


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो ।

तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग गर्ने बीउबिजन तथा विषादीको प्रयोग गर्ने तरिकालगायतको सीप सिकाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

तालिम लिएका अगुवा किसानले अब गाउँपालिकामा माटो प्राविधिकको रुपमा सेवा प्रदान गर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा सीप लिएकालाई माटो परीक्षणका लागि आवश्यक यन्त्र, उपकरण गाउँपालिकाले प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

उनले माटोको परीक्षण गरेर खेती गर्दाको फाइदाको विषयमा पनि जानकारी गराएको बताए ।

गाउँपालिकाले कृषिमा योजनाबद्ध रुपमा काम गरिरहेकाले किसानलाई माटोसम्बन्धी प्रयोगात्मक रुपमा ज्ञान प्रदान गर्ने लक्ष्यले माटो परीक्षणको सीप प्रदान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाले मुख्य रुपमा अकबरे खुर्सानी खेतीसँगै माटो र हावापानी सुहाउँदो नगदेबाली खेतीमा जोड दिएकाले किसान आफैँले आवश्यक ज्ञान, सीप लिन सक्ने वातावरण तयार गर्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

गाउँपालिकामा कृषि तथा पशुपक्षी सेवा केन्द्र भवन निर्माण भएकाले कृषिसम्बन्धी थप काम गर्न सहज भएको अध्यक्ष राईको भनाइ छ । (रासस)

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : १० बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने