नेपाली सेनाको प्रवक्तामा राजाराम बस्नेत « Khabarhub

नेपाली सेनाको प्रवक्तामा राजाराम बस्नेत


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई  प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गरेका हुन् ।

यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु हुनेछ । उनको नाम सिफारिस भइसकेकाले उनको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ । त्यहाँका पृतनापति पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भइरहेको छ ।

नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए। सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहने अभ्यास छ । 

राष्ट्रको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको प्रमुखको निकटतामा रही प्रवक्ताले कार्यजिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : २६ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने