काठमाडौं– प्रतिनिधिसभा बैठक सुचारूका लागि सहमति जुटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठक बस्न ढिलाइ भएको छ । प्रतिपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका कारण सभामुख घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बस्न ढिलाइ भएको हो ।
सभामुख घिमिरेको सचिवालयले विपक्षी दलहरू आउन ढिलाइ भएका कारण बैठक सुरु हुन नसकेको जनाएको छ । सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं दलका नेताको कार्यकक्षमा सभामुख घिमिरे पर्खेर बसेका छन् ।
उनीसँगै उपसभामुख इन्दिरा रामगर, कानुनमन्त्री अजय चौरसिया र सत्तापक्षका प्रमुख सचेतकहरू छन् । यस्तै बैठकका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि पुगेका छन् ।
प्रतिक्रिया