माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबी « Khabarhub

माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबी


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा लगेको भ्रष्टाचार मुद्दामा उक्त मागदाबी गरेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम बिगो १८ करोड ५८ लचाख ५० हजार कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुलउपर हुन र साथै सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिएको जनाएको छ ।

अख्तियारको यो कदमसँगै रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचितन नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। नेपालको नेतृत्वमा अहिले प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन् ।

अख्तियारले कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको यो पहिलो पटक हो । अर्कातिर मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा चलेको पनि यो पहिलो हो । यसअघि मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै बालुवाटारको जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीलाई अख्तियारले उन्मुक्ति दिएको थियो ।

अख्तियारले अध्यक्ष नेपालविरुद्ध भारतीय बाबा रामदेव र आचार्य बालकृष्ण सञ्चालक रहेको पतञ्जलीलाई दिएको जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पतञ्जलीले काभ्रेमा आयुर्वेदिक अस्पताल, अनुसन्धान केन्द्र, योगशाला, औषधि उद्योग, गाई फार्म र जडीबुटी खेतीजस्ता सामाजिक कार्य गर्ने भन्दै जग्गा खरिद गरेको थियो । तर खरिदको केही महिनापछि नै पतञ्जलीका नेपाल प्रतिनिधि शालिग्राम सिंहले उक्त जग्गा सट्टापट्टा र अन्यत्र स्थानान्तरण गर्न अनुमति माग्दै निवेदन दिएका थिए ।

नेपालको नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ माघ १८ गते पतञ्जली योगपीठ नेपाललाई काभ्रेपलाञ्चोकमा अवस्थित ८१५ रोपनी जग्गा हदबन्दी छुटअन्तर्गत खरिद गर्न अनुमति दिएको थियो ।

मुद्दाको पूर्णपाठ

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : ५४ बजे

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा