स्वास्थ्य बीमा नियमावली संशोधन : यि हुन् संसोधन गरिएका बुँदा  « Khabarhub

स्वास्थ्य बीमा नियमावली संशोधन : यि हुन् संसोधन गरिएका बुँदा 


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा नियमावली संशोधन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिमितलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न भन्दै नियमावलीको नियम २ ९६०  लाई संसोधन गरेको हो । 

यस अघिको नियमावलीमा बीमितले पहिलो पटक सेवा लिनका लागि रोजेको स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ भनी परिभाषित गरिएको थियो । संशोधित नियमावलीमा बीमितले प्रथम सेवा विन्दुको रुपमा स्वास्थ्य संस्था रोज्नुपर्ने व्यवस्थालाई हटाएर सरकारी स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ सम्झनु पर्नेछ । 

त्यस्तै, नियमावलीको नियम ६ को उपनियम २ पछि उपनियम २ (कं) थपिएको छ । जसमा बीमितलाई पुनः परिचयपत्र जारी नगरेसम्म परिचयपत्रको प्रतिलिपि, नागरिक एप वा स्वास्थ्य बीमा सूचना व्यवस्थापन प्रणालीबाट जारी हुने बीमित पहिचान भएको क्यूआर कोडलाई समेत सेवा प्रदायकको मान्यता दिनुपर्नेछ । 

यस्तै, नियमावलीको नियम ७ मा संशोधन गरिएको छ । संशोधित नियमावली अनुसार नियम ७ मा स्वास्थ्य सेवा लिनु पर्ने राखिएको छ । बीमितले प्रथम सेवा विन्दुबाट पहिलो स्वास्थ्य सेवा लिनुपर्ने भन्ने व्यवस्था गरिएको छ । त्यस्तै, प्रथम सेवा विन्दुले प्रेषित गरेको स्वास्थ्य सेवा प्रदायकबाट सेवा लिनुपर्नेछ । 

नियम ३ को उपनियम १ मा आकस्मिक अवस्थामा बीमतिले जुनसुकै सेवा प्रदायकबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ । यस अघि भने नियमावलीको नियम ७ मा सेवा प्रदायक रोज्नु पर्ने भन्ने व्यवस्था थियो । बीमितले सेवा प्रदायकहरुमध्ये कुन सेवा प्रदायकबाट उपचार सेवा लिने हो सो कुरा कार्यक्रममा आबद्ध हुँदाको बखतमा रोज्नुपर्ने भन्ने व्यवस्था रहेको थियो । 

आफूले रोजेको प्रथम सेवा विन्दुको रुपमा रहेको सेवा सेवा प्रदायकबाट स्वास्थ्य सेवा लिनुपर्नेछ । बीमितले आवश्यक सेवा प्राप्त गर्न नसकेमा त्यस्तो सेवा प्रदायकबाट निजलाई प्रदान गरिने प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकबाट मात्र सेवा लिनुपर्ने भन्ने व्यवस्था थियो । जसलाई सरकारले संशोधन गरेको छ । 

नियमावलीको नियम ८ मा उपनियम ३ थपिएको छ । जसमा बीमितले बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत समेत परिचयपत्र नवीकरणको लागि निवेदन दिन सक्नेछन् भन्ने उल्लेख गरिएको छ । 

त्यस्तै नियमावलीको नियम ९ मा रहेको ‘प्रथम सेवा विन्दु’ भन्ने शब्द हटाइएको छ भने नियमावलीको नियम १० पनि संशोधन गरिएको छ । संशोधित  नियम अनुसार बीमित जुन महिनामा बीमामा दर्ता भएको हो सो महिनालाई पहिलो महिना मानी सो प्रश्चातको तेस्रो महिनाको एक गतेदेखि बीमितको बीमा सेवा सुविधा लागू हुनेछ । त्यस्तै परिचयपत्र नवीकरण गरेको बीमितको सेवा सुविधा नवीकरण भएको मिति देखि लागू हुनेछ । 

यसअघिको व्यवस्था अनुसार वैशाख देखि असार महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको भदौ एक गतेदेखि सेवा सुविधा लिन पाउने व्यवस्था थियो । साउन देखि असोज महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको मंसिर एक गतेदेखि, कात्तिक देखि पुस महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको फागुन एक गतेदेखि र माघ देखि चैत महिनासम्म दर्ता वा नवीकरण भएकोमा अर्को वर्षको जेठ एक गतेदेखि सेवा सुविधा लिन पाउने व्यवस्था थियो ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : ५८ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।