दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी « Khabarhub

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४ वडामा जारी वडा अधिवेशनमध्ये आइतबार दिउँसो ३ बजेसम्म ६० वटा वडाको अधिवेशन सम्पन्न भएको छ । 

बाँकी १४ वडाको अधिवेशन तथा नतिजा आउन बाँकी रहेको नेपाली कांग्रेस दोलखाले जनाएको छ । अधिवेशन सम्पन्न भएका वडामध्ये भिमेश्वर नगरपालिकाका ९ वटै वडा, जिरी नगरपालिकाका ९ वटै वडा, वैतेश्वर गाउँपालिकाका ८ वटै वडा, मेलुङ गाउँपालिकाका ७ वटै वडा, तामाकोशी गाउँपालिकाका ७ वटा वडा र कालिञ्चोक गाउँपालिकाका ९ वटै वडा रहेका छन् ।

त्यसैगरी गौरीशंकर गाउँपालिकाका ८ वडामध्ये ४ वडाको अधिवेशन दिउँसो ३ बजेसम्म सम्पन्न भएको छ भने बाँकी वडामा अधिवेशन जारी रहेको कांग्रेसले जनाएको छ । शैलुङ गाउँपालिकाका ८ वडामध्ये ६ वडाको अधिवेशन सम्पन्न भएको छ । शैलुङका वडा नम्बर ५ र ६ को अधिवेशन सोमबार हुने बताइएको छ ।

विगु गाउँपालिकामा वडा नम्बर ६ को अधिवेशन सम्पन्न भएको छ भने अन्य ७ वडाको अधिवेशनको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

शनिबार सुरु हुन नसकेका केही वडाको अधिवेशन आइतबार बिहानदेखि जारी रहेको छ । गौरीशंकर गाउँपालिकाका केही वडाको अधिवेशनसमेत असोज ६ गते गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ । 

वडा अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन हुने नेपाली कांग्रेसको विधानमा व्यवस्था छ । वडा अधिवेशन सम्पन्न भएपछि नेपाली कांग्रेसको पालिका अधिवेशन असोज ७ गते हुने निर्वाचन कार्यतालिका रहेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ३ : ०८ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा