मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी– कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान साढे ३ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए ।

अवस्थीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । पछाडि सवार घोडाघोडी–२ बस्ने २२ वर्षीय अर्जुन चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक घोडाघोडी–३ का २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी अवस्थीले बताए। चौधरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : १३ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण