एकीकृत समाजवादीलाई एकसातामै दुई ठूला झट्का « Khabarhub

एकीकृत समाजवादीलाई एकसातामै दुई ठूला झट्का


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेबाट चोइटिएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले दुई दिनको अन्तरालमा दुई धक्का ब्यहोर्नु परेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेका बेला एकीकृत समाजवादीले सोमबार र बिहीबार दुईवटा धक्का पाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध बिहीबार १८ करोड ५८ लाखको भ्रष्टाचार मुद्दा चलाएको छ ।

उता समाजवादीबाटै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनिसकेका दीर्घ सोडारीविरुद्ध पनि यसअघि सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले ‘पतञ्जलि जग्गा खरिद–बिक्री प्रकरण’ मा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

उता सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडरीविरुद्ध पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध दायर गरेको मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै सोडरीविरुद्ध दायर गरिएको मुद्दामा एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ बिगो कायम गरिएको छ ।

सोडारीले पदमा रहँदा एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको भेटिएकामा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ मात्रै वैध आय पुष्टि भएको अख्तियारले जनाएको छ ।

जसमा एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको रकमलाई नै बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ३ : २२ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी