माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा « Khabarhub

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि किनिएको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी पत्र संसद् सचिवालयमा पुगेको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलेको पत्र संसद् सचिवालयमा आइपुगेको जानकारी दिएका छन् ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरूद्ध १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा चलाएको छ। भ्रष्टाचार मुद्दा चलेकाले नेपाल सांसद पदबाट स्वत: निलम्बित हुनेछन् ।

नेपालमा कुनै सांसद (प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य) विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वत: पद निलम्बन हुने कानुनी व्यवस्थासम्बन्धी प्रावधान नेपालको संविधान र भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ मा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३० (निलम्बन सम्बन्धी व्यवस्था) अनुसार यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गर्ने व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दर्ता गरे उक्त व्यक्ति स्वतः निलम्बित हुने व्यवस्था छ।

    सांसद पनि सार्वजनिक पद धारण गर्ने व्यक्तिको परिभाषामा पर्छन्। नेपालको संविधान, २०७२ को धारा २४४ मा (अख्तियारको अधिकार) बारे उल्लेख छ । अख्तियारले सार्वजनिक पदधारी व्यक्तिविरुद्ध अनुसन्धान गर्न र भ्रष्टाचारको मुद्दा दायर गर्न सक्छ।

      प्रतिनिधिसभा वा राष्ट्रियसभाका सदस्यहरू संविधान अनुसार सार्वजनिक पदमा पर्ने भएका कारण उनीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने प्रक्रिया लागु हुन्छ।

      प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ४ : १० बजे

      दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

      काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

      रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

      रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

      मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

      घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

      निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

      एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

      वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

      काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका