माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा « Khabarhub

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि किनिएको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी पत्र संसद् सचिवालयमा पुगेको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलेको पत्र संसद् सचिवालयमा आइपुगेको जानकारी दिएका छन् ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरूद्ध १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा चलाएको छ। भ्रष्टाचार मुद्दा चलेकाले नेपाल सांसद पदबाट स्वत: निलम्बित हुनेछन् ।

नेपालमा कुनै सांसद (प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य) विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वत: पद निलम्बन हुने कानुनी व्यवस्थासम्बन्धी प्रावधान नेपालको संविधान र भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ मा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३० (निलम्बन सम्बन्धी व्यवस्था) अनुसार यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गर्ने व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दर्ता गरे उक्त व्यक्ति स्वतः निलम्बित हुने व्यवस्था छ।

    सांसद पनि सार्वजनिक पद धारण गर्ने व्यक्तिको परिभाषामा पर्छन्। नेपालको संविधान, २०७२ को धारा २४४ मा (अख्तियारको अधिकार) बारे उल्लेख छ । अख्तियारले सार्वजनिक पदधारी व्यक्तिविरुद्ध अनुसन्धान गर्न र भ्रष्टाचारको मुद्दा दायर गर्न सक्छ।

      प्रतिनिधिसभा वा राष्ट्रियसभाका सदस्यहरू संविधान अनुसार सार्वजनिक पदमा पर्ने भएका कारण उनीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने प्रक्रिया लागु हुन्छ।

      प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ४ : १० बजे

      वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

      काठमाडौं- वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ

      सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

      काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत,

      अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

      काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

      अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

      काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

      प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले