उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु « Khabarhub

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी युक्रेनी सहर प्रिलुकीमा रुसी ड्रोन हमलामा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् ।

‘भग्नावशेषमुनि फेला परेका दुई महिला र एक वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ’, चेर्निगिभका क्षेत्रीय अधिकारी व्याचेस्लाभ चौसले टेलिग्राममा लेख्नुभएको छ, ‘छ जना घाइते भएका छन् र अस्पतालमा भर्ना भएका छन्, विस्फोटले आवासीय क्षेत्रका घरहरूमा क्षति पुर्‍याएको छ ।’
    
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि दशौँ हजार मानिस मारिएका छन्, पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रहरू ध्वस्त भएका छन् र लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

युक्रेनले रूसी भूमिमा बदला लिएको छ, सप्ताहन्तमा रूसी सैन्य एयरबेसहरूमा नाटकीय ड्रोन आक्रमण गरी अर्बौं डलरको आणविक हतियार बोक्न सक्ने विमानहरू नष्ट गरेको छ ।

रुसी नेता भ्लादिमिर पुटिनले किएभको आक्रमणको बदला लिने बताएका छन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविराम वा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेको देखिन्छ ।

बुधबार युक्रेनको दक्षिण भागमा रूसले कब्जा गरेको खेरसन क्षेत्रमा भएको बम विस्फोटले यस क्षेत्र बिजुलीविहीन भएको गभर्नर भ्लादिमिर साल्डोले बताएका छन् । 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : २९ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी