युएई जाने नेपाली श्रमिकको तलब बढ्यो  « Khabarhub

युएई जाने नेपाली श्रमिकको तलब बढ्यो 


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए मागपत्र प्रमाणिकरण नहुने बताएका छन् । 

बिहीवार मन्त्री भण्डारीले युएई जाने श्रमिकको  न्यूनतम तलब निर्धारित गर्ने निर्णय गरेका हुन । उनले अब संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारहरूको न्यूनतम तलब सुविधा १ हजार दिराम भए मात्रै राजदुतावासबाट प्रमाणिकरण हुने अन्यथा त्यसभन्दा कम भए माग पत्र प्रमाणिकरण नहुने बताएका हुन । 

मन्त्री भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) नेपाली कामदारका लागि आर्कषण गन्तव्यको रुपमा देखिएको जिकिर गर्दै त्यहाँ स्थिति दुतावासको सुझावमा न्यूनतम तलब १ हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए । 

उनले भने, ‘संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारको हकमा पहिले ८ सय, हजार र १२ सय दिराम तलबको अनुपात लाग थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम १ हजार, १२ सय र १५ सय दिराम तलब निर्धारण गरिएको छ । तोकिएको भन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणिकरण हुनेछैन ।’

मन्त्री भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई ) जाने नेपाली कामदारहरूको हितमा यो निर्णय उपलब्धि मुलुक हुने विश्वास व्यक्त गरे । उनले यस निर्णयबाट युएईमा न्यून तलबमा काम गर्ने नेपाली श्रमिकहरूलाई ठुलो राहत हुने बताए । नेपाल सरकारले बजारको अवस्था हेरेर तलब निर्धारण गरेको हो दुतावासले यो भन्दा तत्र मागपत्र प्रमाणीकरण गर्दैन । तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान पाउने छैनन् । 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ५७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले