राजावादी आन्दोलनको कुनै अर्थ छैन : सभापति देउवा | Khabarhub Khabarhub

राजावादी आन्दोलनको कुनै अर्थ छैन : सभापति देउवा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरूले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । 

जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने– ‘राजतन्त्र कहिलै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।’

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्टीको सहमतिअनुसार कार्य गरिरहेको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए ।

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी  निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे। 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : ४५ बजे

आजका समाचार : प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार, भित्र्याइयो फूलपाती र चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्तप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा

इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपितलाई मृत्यु दण्ड

एजेन्सी– इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा

दसैँले बजार चलायमान, व्यवसायीलाई राहत

चितवन– बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् ।

पूर्व सांसदलाई रास्वपाको आग्रह- रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पूर्व सांसदहरूलाई रातो

फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

पाटन– ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको