जलवायु परिवर्तनले हिमशृङ्खला जोखिममा पारेको छ : मिनेन्द्र रिजाल « Khabarhub

जलवायु परिवर्तनले हिमशृङ्खला जोखिममा पारेको छ : मिनेन्द्र रिजाल


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनको असर हिमशृङ्खलामा परेको औँल्याए। उनले हिमालको समृद्ध देशको रुपमा रहेको नेपाल जलवायु परिवर्तनको असरले हिउँ पग्लिने र हिमताल फुट्ने खतरा रहेको बताए।

राससको तस्बिर प्रदर्शनीले नेपालका हिमशृङ्खलाका राम्रोसँग नियाल्न पाएकोमा उनले खुसी व्यक्त गरे। उनले भने, ‘नेपालमा सुन्दर हिमशृङखलाहरू छन् । सबैजना एकपटक पुग्नुपर्छ । हिमाल हाम्रो छानो नै हो । तस्बिरले हिमालको सुन्दरतालाई देखाउने प्रयास गरेको छ ।’

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेता रिजाललाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्‍चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ०५ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद