भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरियासँग मिलेर काम गर्न इच्छुक « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरियासँग मिलेर काम गर्न इच्छुक


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जे म्युङलाई बधाइ दिँदै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

उनले भारत र गणतन्त्र कोरियाबीच कायम रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन पनि तयार रहेको बताए । उनले लेखेका छन्, ‘गणतन्त्र कोरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा ली जे म्युङलाई बधाइ । भारत र गणतन्त्र कोरियाबीच कायम रणनीतिक साझेदारीलाई थप विस्तार गर्न र मजबुत बनाउनका लागि सँगै काम गर्न इच्छुक छु ।’

ठूलो राजनीतिक रस्साकस्सीपछि ली दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अघिल्ला राष्ट्रपति यून सुक योलले मुलुकमा हठात् सैनिक कानुन लागू गरेपछि दक्षिण कोरिया राजनीतिक संकटमा फसेको थियो ।

नवनिर्वाचित राष्ट्रपति लीले कोरियाली प्रायद्विपमा चीर शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले उत्तर कोरियासँग वार्ता, सञ्चार र सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ३८ बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी