आज २०८२ साल असार २१ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई ५ तारिख। मनु महाराजको जन्मदिन। मनवादी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। काम सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

वृष : दिन सामान्य छ। बोलीको प्रभावले काम बन्ने छ। सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा गढबढी हुनेछ। बौद्धिक व्यक्तिसँग तर्क नगर्नु राम्रो हुन्छ।

मिथुन : आफ्नै बोलीले आफू अप्ठेरोमा पर्ने जोखिम रहेको छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा कम बोलेर काम धेरै गर्नु राम्रो हुनेछ।

कर्कट : राजनीतिक क्षेत्रमा लगानी गर्ने समय आएको छ। परिवारका कारणले मनमा चिन्ता बढ्नेछ। सानो कुराले मन तरंगित हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा सोचेजस्तो नतिजा प्राप्त नहुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा मनमुटाव हुनेछ। थोरै बोलेर काम धेरै गर्नुपर्ने समय छ।

तुला : दिन राम्रो छ। उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेकाले महत्त्वपूर्ण काम बन्नेछ। सभामा बोल्दा तपाईंको प्रशंसा हुनेछ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ।

वृश्चिक : १२ औं चन्द्रमा भएकाले सञ्चित धन खर्च हुनेछ। सानो कुराले मन तरंगित हुनेछ। अभिभावकको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुन्छ। शिक्षा र स्वास्थ्यले साथ दिँदा मनमा सन्तुष्टि प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी बौद्धिक भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। साझेदारीमा मात्र लगानी गर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने छ। जागिरे हुनुहुन्छ भने पदोन्नती हुनेछ। गुरुको साथ र सहयोग प्राप्त हुनेछ। विपक्षी साथीसँग सचेत बन्नुपर्ने दिन छ।

कुम्भ : दिन राम्रो छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले नयाँ योजना बन्ने छ। शिक्षाका क्षेत्रमा अल्छीपनले दुःख दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती दशा भएकाले बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ५ : ०१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच