माझी समुदायको भाषा जोगाउन प्रशिक्षण « Khabarhub

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रामेछाप– आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् ।

विशेषगरी नदीकिनारमा बसोवास गर्ने माझी समुदायका मानिसले आफ्नो भाषा र संस्कृति हराउने सम्भावना बढेपछि माझीको सामाजिक विषयवस्तुमा छलफल गर्ने एकीकृत गर्न ती  समुदायका विभिन्न १० स्थानमा भाषा तथा संस्कृतिका बारेमा बालबालिकालाई प्रशिक्षण दिइरहेको छ ।

भाषा र संस्कृति जोगियो भने मात्र माझीको पहिचान जोगिने भएकाले आफ्नो पहिचान जोगाउन पनि यस्ता कार्यक्रम माझी समुदायको टोलटोलमा गरिएको मन्थली नगरपालिका– ८ गाइखुराका बालकृष्ण माझीले बताए ।

रामेछापको मन्थली नगरपालिकास्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तिटार, सेलेघाट भटौली र खाँडादेवी गाँउपालिकाको रजगाँउ गरी माझी समुदाय रहेको विभिन्न स्थानमा माझीहरूको भाषा र संस्कृतिका बारेमा पढाइ हुने गरेको छ ।

पछिल्लो पुस्ताले भाषा, संस्कृति धर्म संस्कार नबिर्सिउन भनेर जिल्लाका १० स्थानमा आफ्नो संस्थाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा रहेको मजे सावा रामेछापका संयोजक श्रीबहादुर माझीले बताए ।

माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुर्ख्यौली पेशा हो । नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश नदी तथा घाटमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण अहिले उनीहरूको पुर्ख्यौली पेशा लोप हुने अवस्थामा पुगको छ ।

भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको छ ।

सङ्घीय तथा स्थानीयस्तरका भाषाविज्ञलाई परिचालन गरी हरेक दिनको बिहान दिनको दुई घण्टा माझी भाषासहित संस्कार र संस्कृतिका बारेमा पढाउने गरिएको छ ।

यो भाषा पढेपछि आफूजस्ता बालबालालिका धेरैलाई माझी भाषा र संस्कृतिसम्बन्धी जानकारी भएकोले यो कार्यक्रम फाइदाजनक भएको स्थानीय विद्यार्थी सम्रता माझीले बताइन् ।

रामेछापमा माझी भाषा मात्र हैन, हायुको भाषा, मगरको भाषा, नेवारी समुदायको भाषाजस्ता भाषा लोप हुने अवस्थामा छन् । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ४३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन