हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना | Khabarhub Khabarhub

हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

गाजा – पहिलो दिन नै ८ बन्दी रिहा हुने प्रस्ताव हमासले इजरायलसँग गरेसँगै ६० दिने युद्ध विरामको विषयमा ग्रिन सिग्नल दिएको छ।

वार्तामा सहभागी अनुसार हमासले मध्यस्थता गरिरहेकासँग सकारात्मक प्रतिक्रिया दिएको छ। इजरायलले यसअघि नै अमेरिकाले तयार पारेको युद्ध विरामको प्रस्तावमा सहमति जनाइ सकेको थियो। हमास तयार भएपछि यी दुई पक्ष बिच निर्णायक वार्ता हुनेछ।

हमाससँग वार्ता अघि बढाइरहेको प्यालेस्टाइनी अमेरिकी बिसहरा बबाहले आफूहरू युद्ध अन्त्य र शान्तिको पक्षमा अघि बढी रहेको बताएका छन्। गाजामा अहिले ५० इजरायली बन्दी छन्। हमासले रिहा गर्न बाँकी रहेका मध्य १० जीवितलाई पहिलो चरणमा रिहा गर्ने प्रस्ताव छ। सोही प्रस्ताव अनुसार १८ शव हस्तान्तरण हुनेछ।

पहिलो दिन नै हमासले ८ बन्दी रिहा गर्ने जनाइएको छ। साथमा इजरायलले जेलमा रहेका धेरैलाई छाड्ने छ। पहिलो चरणको युद्ध विराम कै समयमा स्थायी युद्ध विरामका लागि प्रयासहरू हुने जनाइएको छ। पहिलो चरणमा हमासले बन्दी रिहा गरे पछि अन्य ४ फरक मितिमा बाँकी रहेका बन्दी रिहा गरिने छ।

यसयुद्ध विरामका लागि सबै भन्दा धेरै प्रयास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। उनले मंगलबार नै सामाजिक सञ्जालमा लेख्दै इजरायल मान्न तयार भएको जानकारी दिएका थिए।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : १४ बजे

‘राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्र सुधार्न सकिँदैन’

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला

सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सय जनामध्ये ९०

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले मोबाइल र सामाजिक सञ्जालको

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको