हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना « Khabarhub

हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

गाजा – पहिलो दिन नै ८ बन्दी रिहा हुने प्रस्ताव हमासले इजरायलसँग गरेसँगै ६० दिने युद्ध विरामको विषयमा ग्रिन सिग्नल दिएको छ।

वार्तामा सहभागी अनुसार हमासले मध्यस्थता गरिरहेकासँग सकारात्मक प्रतिक्रिया दिएको छ। इजरायलले यसअघि नै अमेरिकाले तयार पारेको युद्ध विरामको प्रस्तावमा सहमति जनाइ सकेको थियो। हमास तयार भएपछि यी दुई पक्ष बिच निर्णायक वार्ता हुनेछ।

हमाससँग वार्ता अघि बढाइरहेको प्यालेस्टाइनी अमेरिकी बिसहरा बबाहले आफूहरू युद्ध अन्त्य र शान्तिको पक्षमा अघि बढी रहेको बताएका छन्। गाजामा अहिले ५० इजरायली बन्दी छन्। हमासले रिहा गर्न बाँकी रहेका मध्य १० जीवितलाई पहिलो चरणमा रिहा गर्ने प्रस्ताव छ। सोही प्रस्ताव अनुसार १८ शव हस्तान्तरण हुनेछ।

पहिलो दिन नै हमासले ८ बन्दी रिहा गर्ने जनाइएको छ। साथमा इजरायलले जेलमा रहेका धेरैलाई छाड्ने छ। पहिलो चरणको युद्ध विराम कै समयमा स्थायी युद्ध विरामका लागि प्रयासहरू हुने जनाइएको छ। पहिलो चरणमा हमासले बन्दी रिहा गरे पछि अन्य ४ फरक मितिमा बाँकी रहेका बन्दी रिहा गरिने छ।

यसयुद्ध विरामका लागि सबै भन्दा धेरै प्रयास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। उनले मंगलबार नै सामाजिक सञ्जालमा लेख्दै इजरायल मान्न तयार भएको जानकारी दिएका थिए।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : १४ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा