सैँतीस वर्षपछि पक्की नहर निर्माण « Khabarhub

सैँतीस वर्षपछि पक्की नहर निर्माण


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ ।

२०४५ सालमा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।

नहरमा पानी चलाएपछि लुरवाङकाे फाँटमा धान रोपाइँका लागि यसपालि आकाशे पानी कुर्न नपरेको स्थानीय किसान बुद्धि जुग्जालीले बताए । कच्ची नहरमा पानी सोसिने र भीरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।

उपभोक्ता समितिका अध्यक्ष झकबिर जुग्जालीले पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झञ्जटबाट मुक्ति मिलेको बताए ।

‘यसपालि पक्की नहर निर्माण भएपछि हरेक वर्ष पाइप फेर्नुपर्ने समस्या हटेको छ,’ उनले भने ‘पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।’ चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन भएको योजनामार्फत गलघण्टीको भीर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको छ ।

एक सय ७० मिटर १२५ मिलिलिटर क्षमताको पाइपलाइन जडान गरिएको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताए । गलघण्टीको जोखिमयुक्त अक्करे भिरमा सावधानी अपनाएर करिब १०० पक्की नहर निर्माण गरिएको उनको भनाइ छ । गत वर्ष विनियोजन भएको १० लाख बजेटबाट बेल्फिमा इन्टेक, बाँध र करिब २०० मिटर पाइपलाइन जडान भएको थियो ।

आगामी वर्षका लागि बिनियोजन भएको १० लाख बजेटबाट लुरवाङमा एक वटा ‘क्रसिङ’ र थप नहर बनाएर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लुरवाङमा धानलगायत खाद्यबालीका साथै सुन्तला र व्यवसायिक तरकारी खेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयबासीले अन्नको भण्डार मान्ने गर्छन् । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ५८ बजे

प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द

लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ– बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ। कृषि

भोटेकोशी बाढी : एक हजार ३६७ शव भेटिए

काठमाडौं– रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै