नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै « Khabarhub

नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले एक महत्वपूर्ण स्वास्थ्य साझेदारी सम्झौता गरेका छन्। नर्वे सरकारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ।

उक्त सम्झौता यसै साता युक्रेनको राजधानी किभमा सम्पन्न भएको हो। नर्वेका स्वास्थ्य मन्त्री जान क्रिस्टियन वेस्ट्रे र युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियाश्कोले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । मन्त्री वेस्ट्रे हाल युक्रेनको औपचारिक भ्रमणमा छन्।

स्वास्थ्य साझेदारीमार्फत दुवै देशका स्वास्थ्य सम्बन्धी निकाय, शैक्षिक संस्था तथा चिकित्सकहरूबीच अनुभव आदानप्रदान, तालिम र समन्वयका विविध कार्यक्रमहरू संचालन गरिनेछ।

मन्त्री वेस्ट्रेले सहकार्यबाट दुवै मुलुक लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् उनले भने, ‘युक्रेनबाट हामीले युद्धको अवस्थामा स्वास्थ्य सेवा व्यवस्थापन, नागरिक–सैनिक सहकार्य र प्रविधिको उपयोगजस्ता महत्वपूर्ण पक्षहरूमा सिक्न सक्छौं। त्यसैगरी, नर्वेबाट हामी मानसिक स्वास्थ्य, पुनःस्थापना तथा एन्टिमाइक्रोबियल प्रतिरोधजस्ता क्षेत्रमा युक्रेनलाई सघाउन सक्छौं।’

नर्वेले युक्रेनलाई प्रदान गर्दै आएको सहयोग नान्सेन कार्यक्रम अन्तर्गत पर्दछ, जसले नागरिक तथा सैनिक दुबै प्रकारका सहायता समेट्ने गर्दछ। मन्त्री वेस्ट्रेले आफ्नो भ्रमणका क्रममा नर्वेको योगदान युक्रेनी स्वास्थ्य सेवामा कसरी उपयोग भइरहेको छ भन्ने विषयमा प्रत्यक्ष अनुभव प्राप्त गरेको जानकारी दिए।

उक्त सहयोग विश्व स्वास्थ्य संगठन, विश्व बैंक तथा काउन्सिल अफ युरोप डेभलपमेन्ट बैंकजस्ता प्रमुख अन्तर्राष्ट्रिय निकायहरूमार्फत प्रदान गरिएको हो। साथै, नर्वेले युक्रेनी बिरामीहरूको उद्धार तथा उपचारका लागि आफ्ना अस्पतालहरूमा सेवा उपलब्ध गराउँदै आएको पनि जनाइएको छ।
 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : ४१ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२