युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह « Khabarhub

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा सक्रिय हुन आग्रह गरेका छन् । 

काठमाडौंको चाबहिलमा शनिबार आयोजित नुवाकोटको शिवपुरी गाउँपालिका–१ का युवासँगको अन्तरक्रियामा उनले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा सक्रियता बढाउन आग्रह गरेका हुन् ।  

प्रवक्ता महतले कांग्रेसका नेता–कार्यकर्ताहरू सामाजिक सञ्जालको उपयोगमा पछि देखिएका पनि बताए । उनले वडा–वडामा सामाजिक सञ्जालमा सक्रिय युवाको सूची नै बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।  

‘युवा साथीहरू सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । बूढापाकाहरू धेरै जान्दा पनि जान्दैनन् । त्यो सक्रियता पनि छैन,’ महतले भने, ‘हरेक वडामा एउटा टिम नै बनाउनु पर्‍यो ।’ 

उनले सामाजिक सञ्जालमा पार्टीको पक्षमा कुरा राख्दा मर्यादित ढंगले राख्नुपर्नेमा पनि जोड दिए ।

 ‘प्रतिपक्षले नचाहिँदो कुरा राख्यो कि त्यसलाई प्रतिवाद गर्ने,’ प्रवक्ता महतले भने, ‘यो तपाईंले गलत भन्दै हुनुहुन्छ, झुटो कुरा भन्दै हुनुहुन्छ, अरू गाली गलौज गर्नु परेन ।’

उनले सामाजिक सञ्जालमा पार्टीले गरेका कामहरूबारे पनि प्रचार-प्रसार गर्नुपर्नेमा जोड दिए ।

 ‘हामीले आफ्नो कुरा पनि, यी कुराहरू हामीले गरेको हो भन्ने कुरा राख्न थाल्नु पर्‍यो,’  प्रवक्ता महतले भने, ‘त्यो किसिमबाट हामीले वडापिच्छे एउटा सामाजिक सञ्जालमा काम गर्ने साथीहरूको सूची बनाएर काम गर्न थालौँ भन्ने लाग्छ ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : ४९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग