दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने « Khabarhub

दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार स्वरूप दिने भएको छ ।

कोरियाले प्लास्टिकका बोतलहरू (विशेषगरी पानीको बोतल, जुसको बोतल) हरुलाई व्यवस्थापन गर्ने नेपाली ३० लाख रुपियाँका २ वटा मेसिनहरू उपहार स्वरूप प्रदान गर्ने भएको हो । 

कोरिया फेसन डिजाइन व्यावसायिक तालिम केन्द्र तथा कोरिया रोजगार सहयोग केन्द्र अन्तर्राष्ट्रिय अध्यक्ष, प्रतिष्ठित प्राध्यापक योसेप काङ र सियोल जाङसिन विश्वविद्यालय विदेशी सहयोग एजेन्सीका प्रोफेसर सुङसुक चोले  सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्लास्टिक रिसाइक्लिंगले प्रदूषण कम गर्न र स्रोतहरूको संरक्षण गर्न मद्दत गर्ने, प्लास्टिकलाई फ्याँक्नुको सट्टा पुन: प्रयोग गरेर पैसा बचत गर्न सकिने, पुनर्चक्रणले बालबालिकालाई वातावरण संरक्षणको महत्त्व सिकाउन सहयोग पुग्ने बताइएको छ ।

यस्तै कार्यक्रममा प्रतिष्ठित प्राध्यापक काङ र सियोल जाङसिन विश्वविद्यालयका प्रोफेसर चोले कागेश्वरी मनोहरा नगरपालिकाले सिफारिस गरेको खण्डमा नेपाली विद्यार्थीहरूलाई आफूहरूको विश्वविद्यालयमा छात्रवृत्तिमा पढाउने बताए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १ : ४१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन