पुल भाँचिएपछि नाला–च्यामासिङ सडक अवरुद्ध | Khabarhub Khabarhub

पुल भाँचिएपछि नाला–च्यामासिङ सडक अवरुद्ध


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडकमा रहेको पुल भाँचिएको हो । उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।

पुल भाँचिएपछि उक्त स्थानमा ह्युम पाइप राखी माथिबाट माटो भरेर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।

त्यस्तै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उक्त भाँचिएको पुलको निरीक्षण  गर्दै तत्काल आवागमन सहज बनाउनका लागि अस्थायी उपाय अपनाउन निर्देशन दिए । 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १ : ५४ बजे

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धरान– सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज

भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो 

काठमाडौं– जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरूको

उदयपुरमा लाखे जात्रा सुरु

उदयपुर– यहाँ नेवार समुदायको लाखे जात्रा सुरु भएको छ ।

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार