लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर « Khabarhub

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। 

कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार राजस्व संकलन भइसकेको छ, जुन चालु आवको कूल लक्ष्य रु १२ करोड १२ लाख ९२ हजारभन्दा रु एक करोड ६२ लाख ८९ हजार बढी हो । 

भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार मङ्सिरबाहेक सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी उठाइएको हो ।

उनले भने, ‘मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व संकलन भएको थियो, बाँकी सबै महिनामा लक्ष्यभन्दा बढी संकलन भएको छ ।’ उनका अनुसार, अहिलेसम्मको समग्र राजस्व संकलन लक्ष्यको ११३ प्रतिशत पुगेको छ ।

सापकोटाले चालु आवको अन्तिम महिना असारमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने प्रक्षेपण गर्दै आव सकिँदासम्म १५ प्रतिशत बढी राजस्व संकलन हुने विश्वास व्यक्त गरे। राजस्व संकलनमा सफलता हासिल गर्दा पनि माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको ‘प्लान्ट क्वारेन्टाइन’ सेवा स्थापनामा भने अझै ठोस कार्यान्वयनको चरणमा पुगेको छैन । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता बारम्बार औँल्याउँदै आएका छन्, तर प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र छ ।

सापकोटाका अनुसार माडरमा प्लान्ट क्वारेन्टाइन सेवा स्थापना गरिएमा माडर, ठाडी र राजविराज गरी तीन वटा भन्सार कार्यालयलाई सेवा दिइनेछ । यी सबै नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रियालाई सहज बनाउनेछ । 

उनले अझै स्पष्ट पार्दै भने, ‘यदि माडरमा प्लान्ट क्वारेन्टाइन सेवा उपलब्ध गराइयो भने राजस्व असुली पनि दोब्बरले वृद्धि हुने निश्चित छ ।’

हाल कृषिजन्य वस्तु आयात–निर्यात गर्ने व्यवसायीलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म पुग्नुपर्ने बाध्यता छ । यसले ढुवानी खर्चमात्र होइन, उपभोक्ता मूल्यमा अप्रत्याशित वृद्धि गराएको व्यवसायीले गुनासो गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : १८ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई