मुलुकको समृद्धिका लागि पर्यटन शक्तिशाली विकल्प हो : अर्थमन्त्री « Khabarhub

मुलुकको समृद्धिका लागि पर्यटन शक्तिशाली विकल्प हो : अर्थमन्त्री


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि विषयक कार्यक्रममा पौडेलले मुलुकको समृद्धिका लागि धेरै विकल्प भएपछि त्यसमध्ये पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका हुन् ।

पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने उनले बताए । पौडेलले पर्यटन क्षेत्रमा राज्यका तर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने उल्लेख गरे । बजेट निर्माण गर्दा पनि लगानी भित्राउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रीत गरेको उनले बताए ।

पौडेलले राजनीतिक स्थायित्व कायम गर्दै मुलुकको विकास गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ४९ बजे

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री