जनयुद्धको तयारीमा भाषण र सिद्धान्तले भन्दा गीत– सङ्गीतले उत्साह दिएको थियो– प्रचण्ड « Khabarhub

जनयुद्धको तयारीमा भाषण र सिद्धान्तले भन्दा गीत– सङ्गीतले उत्साह दिएको थियो– प्रचण्ड


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिगत रुपमा जनयुद्धको तयारी गर्दा भाषण र सिद्धान्तले भन्दा गीत, सङ्गीतले बढी उत्साह दिएको बताएका छन् ।

शनिबार गायक बाबा पाख्रिनलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै प्रचण्डले भने, ‘हामी भूमिगत रुपमा त्यसको तयारी गर्दै गर्दा गीतहरूबाट सङ्गीतहरूबाट जनताहरूलाई उत्साहित गरेका थियौं ।’ उनले भाषणहरू, दर्शन सिद्धान्तको व्याख्याले भन्दा गीत, सङ्गीत नृत्यहरूले जनयुद्धमा बढी ठूलो तयारी गरेको बताए ।

उनले आगामी निर्वाचनमा गायक पाख्रिनको भूमिका निर्णायक हुने प्रचण्डले बताए । उनले भने, ‘अब आउने लडाइँ, निर्वाचनको लडाइँ लड्दै छौं, यो निर्वाचन क्षेत्रबाट बाबा पाख्रिनजस्ता कम्रेडहरूको भूमिका निर्णायक भएर आउने छ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहान्छु ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ५५ बजे

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री