बालबालिका देशको भविष्य हुन् : मुख्यमन्त्री कँडेल « Khabarhub

बालबालिका देशको भविष्य हुन् : मुख्यमन्त्री कँडेल


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशको भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। 

आज वीरेन्द्रनगर नगरपालिका–८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले जिम्मेवारी बोधका साथ ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे। 

उनले भने, “बालबालिकालाई हामीले आज सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौँ भने मात्र भोलिको समुन्नत समाज निर्माण सम्भव हुन्छ ।” 

वातावरण संरक्षण र बाल अधिकार प्रवर्द्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुने मुख्यमन्त्री कँडेलले बताए। कर्णाली प्रदेश सरकारले बालमैत्री समाज निर्माणका लागि नीति, बजेट र कार्यक्रमहरूलाई प्राथमिकतामा राखी बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षित हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकास ध्यान दिने मुख्यमन्त्रीले बताए। 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ०५ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक