पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा « Khabarhub

पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोकेका विभिन्न पार्टीहरूलाई छलफलका लागि बोलाएको छ ।

 पेरिसडाँडास्थित पार्टी मुख्यालयमा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोक्ने विभिन्न चार पार्टीहरूलाई छलफलका लागि बोलाएको हो । 

अहिले पाँचै कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा बसिरहेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । 

यस्तै नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायतका शीर्ष नेताहरूको पनि सहभागिता रहेको छ । 

पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले बैठकमा समसामयिक राजनीतिक विषय वस्तुहरूमा छलफल भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ३५ बजे

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता