शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास | Khabarhub Khabarhub

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न आफू तयार रहेको जनाएको छ ।

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् ।

हमासले अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावको मस्यौदामा उल्लेखित सर्तहरूलाई सकारात्मक रूपमा लिँदै वार्ताको प्रक्रियामा सहभागी हुने तयारी रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै, हमाससँग आबद्ध इस्लामिक जिहाद समूहले पनि वार्तालाई समर्थन जनाउँदै इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने स्पष्ट सुनिश्चितता आवश्यक भएको बताएको छ ।

हमासको घोषणाबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले यसलाई सकारात्मक संकेतको रूपमा लिँदै, यो द्वन्द्व अब अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

गाजामा हिंसात्मक संघर्ष सन् २०२३ अक्टोबर ७ बाट सुरु भएको थियो, जब हमासले इजरायली क्षेत्रमा हमला गरेको थियो ।

युद्धविरामका लागि यसअघि पनि दुईपटक अस्थायी सहमति भएको थियो, जसमा इजरायली बन्धकहरू साटो प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरिएको थियो ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले हाल गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई सुरक्षित घर फर्काउने प्रतिबद्धता जनाएका छन् । यसैबीच, राष्ट्रपति ट्रम्पले गाजाका सर्वसाधारणको सुरक्षाका लागि आफू गम्भीर रहेको धारणा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ५१ बजे

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार

भदौ १५ गते अठारौँ पुस्तकालय दिवस मनाउने तयारी

काठमाडौं- मुलुकभर रचनात्मक र सन्देशमूलक विविध कार्यक्रमसहित आगामी भदौ १५

रविको ‘कट आउट’ मा राखी बाँध्दै समर्थक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री

एजेन्सी – पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि

दुई २६ वर्षिय युवाहरुको आइटी कम्पनीले अष्ट्रेलियामा जित्यो प्रतिष्ठित अवार्ड

अष्ट्रेलिया – अष्ट्रेलियामा दुई युवाहरुले सञ्चालन गरेको आइटी कम्पनी आइटी