युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड « Khabarhub

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । 

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादीले क्रान्तिको झण्डा उठाउँदा युवाहरू र संगीतले महत्वपूर्ण भूमिका खेलेको भन्दै अव पनि युवाहरूलाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । 

भूमिगत रुपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको उनले स्मरण गरे । प्रचण्डले आगामी निर्वाचनको लडाइँमा पनि संगीतको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकार बाबा पाख्रिन लगायतलाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए । 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ३ : ५७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा