सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय  « Khabarhub

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले मोबाइल र सामाजिक सञ्जालको सदुपयोग गरेर पार्टीको विचारसँगै आ–आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरेकी छन् ।  

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेकी हुन् । 

‘हाम्रो हातमा मोबाइल छ, सामाजिक सञ्जाल छ । त्यसलाई प्रयोग गरौँ । त्यसलाई दुरुपयोग नगरौँ,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘नेतालाई गाली गरेर दुरुपयोग गर्ने होइन, हाम्रो विचार, पार्टीको विचार र हाम्रो शक्ति, क्षमतालाई प्रदर्शन गरौँ ।’

उनले विगतमा आफूहरू विद्यार्थी हुँदा अहिलेको जस्तो मोबाइल फोन र सामाजिक सञ्जाल नभएको स्मरण गर्दै तत्कालीन समयमा पार्टीको विचार फैलाउन सडक र मञ्चहरू उपयोग गरेको पनि बताइन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ४ : ५८ बजे

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष