'गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ' | Khabarhub Khabarhub

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि निकै सहयोग गरेको बताएका छन्।

साहित्यकार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले रामहिटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उनले गीत सुनरै आफूहरू प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएको स्मरण गरे । गीतले दैनिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरिनुपर्नेमा पनि मन्त्री पन्तको जोड थियो । 

दक्षिण एसियाली क्षेत्रको कम्युनिष्ट आन्दोलनमा पनि गीतले प्रभाव पारेको बताउँदै उनले नेपालको माओवादी सशस्त्र द्वन्द्वमा पनि गीत सङ्गीत क्षेत्रको भूमिकाबारे समेत चर्चा गरे ।

प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौँको उत्तरपूर्वी भेग साहित्यिक रूपमा अग्रस्थानमा रहेको बताए। आफू गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख भएका बेला धर्म, संस्कृति र साहित्यिक क्षेत्रको विकासका लागि काम गरेको उनले उल्लेख गरे।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, आयोजक संस्थाका अध्यक्ष हेमनाथ पौडेललगायतले नेपाली साहित्य एवं गीत सङ्गीत  क्षेत्रमा रिमालको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रममा यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ५ : ५८ बजे

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले

पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक

पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक

पर्वत– बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा

प्रधानमन्त्री ओलीबाट जनैपूर्णिमा र रक्षाबन्धनको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

सप्तरी– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट आज