उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक « Khabarhub

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपालले शनिबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेलका लागि नेपालले आफ्नो सुरुवाती ११ खेलाडीको घोषणा गरिसकेको छ।

श्रीलंकाविरुद्धको अघिल्लो खेलमा मैदान उत्रिएको टोलीमा एक मात्र परिवर्तन गरिएको छ। प्रीति राईको स्थानमा मिडफिल्डर पूजा रानालाई अवसर दिइएको छ ।

नेपालको गोलपोस्टको जिम्मेवारी अन्जना रानामगरले सम्हाल्नेछिन्। रक्षा पंक्तिमा समीक्षा घिमिरे, गीता राना र निशा थोकर रहनेछन्।

मिडफिल्डमा पूजा रानासँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत खेल्ने छन्।

आक्रमणको अग्रपंक्तिमा भने अनुभवी स्ट्राइकर साबित्रा भण्डारीलाई रश्मी घिसिङले साथ दिनेछिन्। समूह चरणको यो निर्णायक खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : २२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का