टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट « Khabarhub

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको समूह चरणबाटै बाहिरिएको छ। निर्णायक खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ को हार बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा निर्धारित ९० मिनेटको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो।

नेपालका लागि टाइब्रेकरमा गीता राना र सबिता रानामगरले गोल गरे। तर कप्तान सावित्रा भण्डारी साम्बा र गोलकिपर अञ्जना रानामगरको प्रहार असफल भएपछि नेपाल पराजित भयो ।

खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक प्रदर्शन गर्दै दोस्रो मिनेटमै पहिलो गोल गर्‍यो। त्यसपछि ११औं मिनेटमा उज्बेकिस्तानले आत्मघाती गोलको मद्दतले अग्रता दोब्बर बनायो। उज्बेक कप्तानको प्रहार डिफेन्डर समीक्षा घिमिरेको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो।

नेपालका लागि २४औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गरिन् । डिबक्स बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार जाली चुम्दा स्कोर २–१ भएको थियो ।

तर ३८औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पायो, जब नेपाली डिफेन्डर सरस्वती हमालले ह्याण्ड गरिन्। सो अवसरमा शोएमोभले गोल गर्दै उज्बेकको अग्रता पुनः फराकिलो बनाइन्।

दोस्रो हाफमा १० खेलाडीमा सिमित उज्बेकिस्तानविरुद्ध नेपालले पुनरागमन गर्‍यो। उज्बेक खेलाडी इग्रासेभाले हाफको अन्त्यतिर सावित्रामाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्।

७१औं मिनेटमा कप्तान साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३–२ मा ल्याइन्। त्यसको दुई मिनेटपछि नै उनले ह्याट्रिक पुरा गर्दै खेललाई ३–३ को बराबरीमा ल्याइन्। नेपालका लागि एतिहासिक पुनरागमनको सम्भावना देखिए पनि, टाइब्रेकरमा त्यो सपना अधुरै रह्यो।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : ४३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने