कक्षा १२ को परीक्षाफल : प्रमाणपत्र लिन, पुनर्योग गर्न र त्रुटि सच्याउन के गर्ने ? « Khabarhub

कक्षा १२ को परीक्षाफल : प्रमाणपत्र लिन, पुनर्योग गर्न र त्रुटि सच्याउन के गर्ने ?


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को नियमित/आंशिक परीक्षार्थीको परीक्षाफल हिजो (साउन १९ गते) प्रकाशन गर्‍यो ।

पाँच लाख १० हजार ९८७ विद्यार्थीले परीक्षा दिएका थिए । दुई लाख ८४ हजार ३०५ परीक्षार्थीले मात्र सबै विषयमा ग्रेड प्राप्त गरे । नियमिततर्फ ६१.१७ र ३६.४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन्‌ ।

यस हिसाबले नियमिततर्फ ३८.८३ र आंशिकतर्फ ६३.५१ प्रतिशत परीक्षार्थीले उत्तीर्ण प्रतिशत नै प्राप्त गर्न सकेनन् ।

परीक्षाफल प्रकाशनसँगै परीक्षार्थी र अभिभावकमा यतिखेर हतार र चिन्ता बढेको छ । उत्तीर्ण भएकालाई शैक्षिक प्रमाणपत्र लिन, परीक्षा नतिजामा चित्त नबुझेका विद्यार्थी पुनर्योग गराउन र अनुत्तीर्ण भएका विद्यार्थी ग्रेडवृद्धि परीक्षा/ पुनः परीक्षाबारे बुझ्ने हतारोमा छन्‌ ।

यो पनि-

कक्षा १२ को परीक्षाफल : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक गरेलगत्तै उल्लेखित जिज्ञासा समाधान गर्नेगरी कम्तिमा तीनवटा सूचना प्रकाशन गरिसकेको छ ।

प्रमाणपत्र लिन

बोर्डका अनुसार कक्षा १२ को परीक्षाफलको प्रमाणपत्र लिन परीक्षार्थीहरूले प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तिमा ’डी’ तथा प्रयोगात्मक (विद्यालयले नै गर्ने आन्तरिक मूल्याङ्कन) परीक्षामा कम्तिमा ’सी’ ग्रेड ल्याएको हुनुपर्छ ।

यी ग्रेड ल्याएका विद्यार्थीले प्रमाणपत्रका लागि १५ दिनपछि मात्रै रसिद काट्न पाउनेछन्‌ । लब्धाङ्कपत्र (ट्रान्सकिप्ट), माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रको रसिद काट्नुपर्छ ।

नियमित परीक्षार्थीको हकमा विद्यार्थीको प्रमाणपत्र निम्ति सम्बन्धित विद्यालयहरूले प्रमाणपत्र बापतको नियमानुसारको ११ सय रुपैयाँमात्र शुल्क लिन पाउनेछन्‌ ।

उक्त शुल्कसहित विद्यालयले बोर्डका सम्बन्धित कार्यालयहरूमा आफ्ना प्रतिनिधि पठाउनुपर्नेछ । ती प्रतिनिधिलाई बिल काट्ने व्यवस्था मिलाइएको जनाउँदै बोर्डले विद्यार्थीहरूबाट तोकिएको भन्दा बढी शुल्क नलिन विद्यालयहरूलाई भनेको छ ।

परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र प्राप्त गर्न कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट/लेजरको प्रमाणित प्रति पनि अनिवार्य रूपमा सम्बन्धित विद्यालयहरूमा बुझाउनुपर्नेछ ।

पुनर्योग गर्न

परीक्षाफलमा चित्त नबुझेका परीक्षार्थीहरूले पुनर्योग (रिटोटलिङ) गर्न पाउने बोर्डको सूचनामा उल्लेख छ ।

आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पुनर्योग गराउन प्रतिविषय ५०० रुपैयाँका दरले अनलाइनमार्फत दस्तुर बुझाउनुपर्नेछ ।

दस्तुर बुझाइसकेपछि साउन २० गते एक बजेदेखि २९ गते साँझ ५ बजेसम्म परीक्षा बोर्डको वेभसाइट www.neb.gov.np को Online payment (Retotaling) मार्फत आवेदन दिनुपर्नेछ ।

त्रुटि सच्याउन

परीक्षाफल प्रकाशन क्रममा स्थगित वा अनुपस्थित, लब्धाङ्कपत्रमा फरक विषय, नाम थर, फरक रजिष्ट्रेशन नम्बर उल्लेख हुने लगायत समस्या विद्यार्थीहरूले भोग्ने गरेका छन्‌ ।

यो वर्षको परीक्षाफलमा त्यस्तो समस्या देखिए नतिजा प्रकाशन भएको ६ महिनाभित्र बोर्डका सम्बन्धित कार्यालय वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरमा आवश्यक कागजातसहित निवेदन पेश गर्न बोर्डले अनुरोध गरेको छ ।

परीक्षाफल प्रकाशन भएको ६ महिनापछि मात्रै निवेदन दिए या दिएको निवेदनमा रित नपुर्‍याए समस्या समाधान गर्न नसकिने बोर्डले जनाएको छ ।

नट ग्रेडेडले के गर्ने ?

कक्षा १२ को नियमित परीक्षा दिएका, तर बढीमा दुई सैद्धान्तिक विषयमा एनजी (नट ग्रेडेड) ल्याएका र बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका परीक्षा दिन पाउनेछन्‌ ।

बोर्डले मौका (पूरक) परीक्षाको समयतालिका र आवेदन फारम बुझाउनेसम्बन्धी सूचना प्रकाशन गरिसकेको छ ।

जसअनुसार; अनिवार्य अङ्ग्रेजी, एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका विषय र दुई विषयको परीक्षा दिने परीक्षार्थीले सानो कोड नम्बर भएको विषयको परीक्षा भदौ २८ गते दिनुपर्नेछ ।

अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुबै विषयको मौका परीक्षा दिने परीक्षार्थीले भदौ २८ गते अङ्ग्रेजी र २९ गते नेपालीको परीक्षा दिनुपर्नेछ ।

सोही दिन परीक्षार्थीले आफूले परीक्षा दिने ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्‌ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : १० बजे

पशुपति क्षेत्रलगायत पवित्र तीर्थस्थलमा शतबीज छर्नेहरूको भीड (तस्बिर)

काठमाडौं– हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको

विश्व प्रविधि प्रभुत्व बढाउँदै चीन

काठमाडौं – चीनका सहरहरूले पहिलोपटक विश्वका शीर्ष दस वैज्ञानिक अनुसन्धान