कुलिङ पिरियडबारे राप्रपाले भन्यो-  ठूला दलका दम्भले चाहे जस्तो निष्कर्ष निकाल्न सकिएन « Khabarhub

कुलिङ पिरियडबारे राप्रपाले भन्यो-  ठूला दलका दम्भले चाहे जस्तो निष्कर्ष निकाल्न सकिएन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा सांसद एवं कुलिङ आफ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिका सदस्य रोशन कार्कीले ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताइन् ।

विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठूला दलका दम्भका कारण चाहेको जस्तो निष्कर्ष निकाल्न नसकिएको बताइन्  । 

उनले प्रतिवेदनमा नैतिकता भन्ने शब्द राख्ने विषयमा सहमति जुट्न नै दुई दिन लागेको उल्लेख गरिन्  । नैतिकता भन्ने शब्दसँग ठूला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठूलो दबाब दिनुपरेको उनको भनाइ छ । 

कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दबाबले कुलिङ आफ पिरियड चलखेल गरेको पाइएको समेत बताइन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : ४४ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी