कुलिङ पिरियडबारे राप्रपाले भन्यो-  ठूला दलका दम्भले चाहे जस्तो निष्कर्ष निकाल्न सकिएन « Khabarhub

कुलिङ पिरियडबारे राप्रपाले भन्यो-  ठूला दलका दम्भले चाहे जस्तो निष्कर्ष निकाल्न सकिएन


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा सांसद एवं कुलिङ आफ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिका सदस्य रोशन कार्कीले ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताइन् ।

विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठूला दलका दम्भका कारण चाहेको जस्तो निष्कर्ष निकाल्न नसकिएको बताइन्  । 

उनले प्रतिवेदनमा नैतिकता भन्ने शब्द राख्ने विषयमा सहमति जुट्न नै दुई दिन लागेको उल्लेख गरिन्  । नैतिकता भन्ने शब्दसँग ठूला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठूलो दबाब दिनुपरेको उनको भनाइ छ । 

कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दबाबले कुलिङ आफ पिरियड चलखेल गरेको पाइएको समेत बताइन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : ४४ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा