रामहरिको बयान- कर्मचारीले ‘कुलिङ अफ पिरियड’ हटाइदिन भने, शिक्षामन्त्रीलाई आएको फोनले हस्ताक्षर रोकियो « Khabarhub

रामहरिको बयान- कर्मचारीले ‘कुलिङ अफ पिरियड’ हटाइदिन भने, शिक्षामन्त्रीलाई आएको फोनले हस्ताक्षर रोकियो


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू सुरुदेखि नै संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’को पक्षमा रहेको स्पष्ट बताएका छन् ।

जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिमा दिएको बयानमा खतिवडाले उक्त व्यवस्था संविधानपछिको अति महत्वपूर्ण कानुन निर्माण प्रक्रियाअन्तर्गत व्यापक छलफलपछि गरिएको बताएका हुन्।

उनका अनुसार २०८१ भदौ २० गतेदेखि नै दफावार छलफल प्रारम्भ गरिएको थियो, जसको जिम्मा उपसमितिलाई दिइएको थियो।

विशिष्ट र प्रथम श्रेणीका सरकारी कर्मचारीले अवकाशपछि राजनीतिक पहुँच प्रयोग गरी नियुक्ति पाउने प्रवृत्तिलाई नियन्त्रण गर्न कुलिङ पिरियड राख्नु आवश्यक ठहर गरिएको खतिवडाको भनाइ छ।

‘विशिष्ट श्रेणीका कर्मचारीले समितिमा आएर बारम्बार ‘कुलिङ पिरियड हटाइदिनुहोस्’ भन्दै अनुरोध गरेका थिए,’ खतिवडाले भनेका छन्, ‘तर समितिले जेठ २ गतेको बैठकमा राजीनामा भन्ने शब्द थपेर दुई वर्षे कुलिङ पिरियडको प्रस्ताव पारित गर्‍यो।’

खतिवडाका अनुसार समितिबाट पारित प्रतिवेदनमा प्रारम्भिक एक वर्षको सट्टा दुई वर्ष थप गरिएको हो। मन्त्रीस्तरीय छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तको मोबाइलमा आएको एउटा फोनपछि हस्ताक्षर प्रक्रिया स्थगित भएको पनि खतिवडाले बयानमा उल्लेख गरेका छन्।

उनले थपे, ‘सरकारको सेवा लिएका निजामती र सरकारी दुवै कर्मचारीलाई यो व्यवस्था लागू गर्न खोजिएको हो। तोडमोड गरिएको आरोप लागे पनि म व्यक्तिगत रूपमा यसमा संलग्न छैन।’

सभापति खतिवडाले साउन १ र ६ गते समितिमा उपस्थित भई, कुलिङ पिरियडको कानुनी असर र त्यसबारे सम्बन्धित मन्त्रालयले अध्ययन गरी कार्यान्वयन गर्नुपर्ने धारणा पनि राखेका थिए।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : ५२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको