उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो) « Khabarhub

उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो)


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

उत्तरकाशी, उत्तराखण्ड- उत्तराखण्डको खीरगंगा नदीमा आएको अचानक बाढीले उत्तरकाशी जिल्लाको धाराली गाउँमा ठूलो क्षति पुर्‍याएको छ। भीषण वर्षापछि मंगलबार बिहान यहाँ भीषण बाढी आएको हो।

बाढीसँगै आएको भेलले थुप्रै घरहरू बगाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा डरलाग्दो रूपमा आएको बाढीले खोलोनजिकको बस्ती एकसाथ सोहोरेर लगेको थियो । बाढी भीषण रुपमा आएसँगै एकपछि अर्को घरहरू पल्टाउँदै लगेको भिडियोमा देख्न सकिन्छ ।

बाढीमा धेरै मानिसहरू फसेको आशंका गरिएको छ। समाचारअनुसार अहिलेसम्म चारजना स्थानयीबासीले ज्यान गुमाएका छन् ।

बाढीसँगै लेदो र माटो बग्दै गाउँमा पस्दा उद्धार कार्यमा अवरोध पुगेको छ। उद्धारका लागि एनडीआरए, एसडीएआरएफ, भारतीय सेना र आईटीबीपीको टोली घटनास्थलतर्फ गइरहेका छन्। प्रशासनले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्यले धाराली हर्षिल नजिकै ठूलो वर्षात् भएको पुष्टि गरेका छन्। धाराली गंगोत्री यात्रा मार्गको प्रमुख विश्रामस्थल हो, जहाँ होटल, रेस्टुरेन्ट र होमस्टेहरू छन् ।

बाढीअघिको धाराली गाउँ

यसबारेमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्समा लेख्दै ठूलो क्षतिको समाचारले दु:ख लागेको बताएका छन् ।

‘धाराली (उत्तरकाशी) क्षेत्रमा अचानको भीषण वर्षाका कारण भएको क्षतिको समाचार अत्यन्तै दुःखद र पीडादायक छन्। एसडीआरएफ, एनडीआरएफ, जिल्ला प्रशासन र अन्य सम्बद्ध टोलीहरू युद्धस्तरमा राहत तथा उद्धार कार्यमा खटिएका छन्। म आफैं वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर परिस्थितिको निगरानी गरिरहेको छु। सबैको सुरक्षाका लागि म भगवानसँग प्रार्थना गर्दछु’, उनले भनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यका लागि सबै सहायता उपलब्ध गराइएको बताएका छन्।

‘धाराली, उत्तरकाशीको यस विपत्तिमा पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। पीडित सबैको कुशलताको कामना गर्दछु। मैले मुख्यमन्त्री पुष्कर धामीजीसँग कुराकानी गरी स्थिति बुझेको छु,’ उनले भनेका छन् ।

‘राज्य सरकारको नेतृत्वमा उद्धार तथा राहत टोलीहरू हरेक सम्भव प्रयासमा जुटेका छन्। पीडितहरूलाई सहायता पुर्‍याउन कुनै कसर बाँकी राखिएको छैन,’ उनले लेखेका छन्। उता स्थानीय प्रशासनले प्रभावित व्यक्तिहरूका लागि हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ४० बजे

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता

‘प्रदेशमा वाम सहकार्य निश्चित भइसक्यो, पार्टी एकता अहिल्यै सम्भव छैन’

काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन

कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता