पाकिस्तानको लक्की मरवत जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको लक्की मरवत जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको लक्की मरवत जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा ५ जनाको ज्यान गएको छ । मारिनेमा पाँच बालबालिका र एक पुरुष छन् ।

जिल्लाको लंगरखेल सुर्बन्दमा भएको मोर्टार शेल विस्फोटको घटनामा बालबालिकाको हताहती भएको हो । खेतमा खेलिरहेका बालबालिकाले नपड्किएको शेल फेला पारेर घर ल्याएका थिए ।

त्यही शेलसँग खेल्ने क्रममा एक्कासी विस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु भएको हो । मारिनेमा ८ देखि १२ वर्षका बालबालिका छन् । घटमा १३ जना घाइते भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

त्यसैगरी, जिल्लाको शेख खुला नाम गरेको स्थानमा ड्रोनले विस्फोटक पदार्थ खसाल्दा ५४ वर्षीय अजिजुल्लाहको मृत्यु भएको छ । घटनामा उनकी पत्नी शेखजाद बिबी र बुहारी राज बिबी घाइते भएका छन् ।

प्रहरीले दुवै घटनाको अनुसन्धान शुरू गरेको छ । यससँगै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको डनले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : २५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र