पाकिस्तानले १० लाखभन्दा धेरै अफगान शरणार्थीलाई देश निकाला गर्ने « Khabarhub

पाकिस्तानले १० लाखभन्दा धेरै अफगान शरणार्थीलाई देश निकाला गर्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान सरकारले देशमा वैधानिक रूपमा बसोबास गरिरहेका १० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने आदेश जारी गरेको छ । यी शरणार्थीहरू प्रुफ अफ रजिस्ट्रेसन (पीओआर) कार्डमार्फत बसोबास गर्दै आएका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार गृह मन्त्रालयले जुलाई ३१ मा विशेष आदेश जारी गर्दै पीओआर कार्डहरू अमान्य भएको घोषणा गरेको छ । यसले पाकिस्तानमा रहेका सबै अफगान शरणार्थीहरूको बसाइलाई गैरकानूनी बनाएको छ ।

यो निर्णयले दशकौंदेखि पाकिस्तानमा बसोबास गरिरहेका शरणार्थीहरूलाई गिरफ्तारी, हिरासत र निर्वासनको जोखिममा पारेको छ । सरकारले प्रहरी, जिल्ला प्रशासन र कारागार अधिकारीहरूलाई १९४६ को एउटा ऐनअन्तर्गत पीओआर कार्डधारीहरूलाई कुनै न्यायिक समीक्षाबेगर गिरफ्तार गर्न र हिरासतमा राख्न अधिकार दिएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय (यूएनएचसीआर) ले यो कदमले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने चेतावनी दिएको छ । डनका अनुसार हाल अफगान शरणार्थीहरु भय र अनिश्चिततामा छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ३२ बजे

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

रूपन्देही– नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चितवन– चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड

इलामको पशुपतिनगरबाट अवैध सामान तथा चौपाया बरामद

इलाम– सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

पाल्पा– निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा

उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा