भारतको सिंग्रौली कोइला खानीमा रेअर अर्थ इलिमेन्ट्स फेला « Khabarhub

भारतको सिंग्रौली कोइला खानीमा रेअर अर्थ इलिमेन्ट्स फेला


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको मध्य प्रदेशस्थित सिंग्रौली कोइला खानी क्षेत्रमा रेअर अर्थ इलिमेन्ट्स फेला परेको छ । भारतका कोइला र खानी मन्त्री जी किशन रेड्डीले माथिल्लो सदन राज्यसभामा यसबारे जानकारी दिएका हुन् ।

ऊर्जा सुरक्षा र प्राविधिक स्वायत्तताका लागि यसले ठूलो महत्व राख्ने मन्त्री रेड्डीको भनाइ छ । यी तत्वहरू नवीकरणीय ऊर्जा, विद्युतीय उपकरण, रक्षा एवम् विद्युतीय सवारी साधनजस्ता क्षेत्रका लागि महत्वपूर्ण मानिन्छ ।

हाल यस्ता तत्वका लागि चीनमा निर्भर रहँदै आएको छ । यो खोजले भारतलाई रणनीतिक खनिज आपूर्तिमा आत्मनिर्भर बनाउन र चीनमाथिको निर्भरता कम गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यी तत्वको उत्खननका लागि कोल इन्डिया लिमिटेड (सीआईएल) ले सम्भाव्यताको अध्ययन गरिरहेको जनाइएको छ । प्रारम्भीक अध्ययनले सिंग्रौलीमा रहेको कोइलाको नमूनामा २ सय ५० पीपीएम र गैरकोइला नमूनामा ४०० पीपीएममा यस्ता तत्व रहेको देखाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ४३ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला