पाकिस्तानमा मुद्रास्फीति उच्च « Khabarhub

पाकिस्तानमा मुद्रास्फीति उच्च


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा जुलाई महिनामा मुद्रास्फीति दर ४.१ प्रतिशत पुगेको छ । यो गत डिसेम्बरयताकै उच्च हो ।

पाकिस्तान तथ्याङ्क ब्यूरोका अनुसार यो वृद्धि मुख्य रूपमा खाद्य वस्तु र ऊर्जा शुल्कमा वृद्धि भएपछि देखिएको हो । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार मासिक हिसाबमा यो २.९ प्रतिशतले धेरै हो ।

कठोर मौद्रिक नीतिले आर्थिक अवस्थालाई थप जटिल बनाएको विश्लेषकहरु बताउँछन् । हाल पाकिस्तानमा नीतिगत ब्याजदर ११ प्रतिशत रहेको छ । पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानमाथि ब्याजदर घटाउन चर्को दबाब रहेको ट्रिब्युनले उल्लेख गरेको छ । यद्यपि बैंकले ब्याजदर घटाउन अस्वीकार गर्दै आएको छ ।

उच्च ब्याजदर हुँदा निजी क्षेत्रमा ऋण प्रवाह कमजोर हुन पुगेको जनाइएको छ । हाल पाकिस्तानमा ठूलो ऋणको बोझ छ । सरकारले आफ्नो बजेटको आधा हिस्सा अर्थात् ८.२ ट्रिलियन पाकिस्तानी रुपैयाँ ऋण भुक्तानीमा खर्च गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया