पाकिस्तानमा मुद्रास्फीति उच्च « Khabarhub

पाकिस्तानमा मुद्रास्फीति उच्च


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा जुलाई महिनामा मुद्रास्फीति दर ४.१ प्रतिशत पुगेको छ । यो गत डिसेम्बरयताकै उच्च हो ।

पाकिस्तान तथ्याङ्क ब्यूरोका अनुसार यो वृद्धि मुख्य रूपमा खाद्य वस्तु र ऊर्जा शुल्कमा वृद्धि भएपछि देखिएको हो । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार मासिक हिसाबमा यो २.९ प्रतिशतले धेरै हो ।

कठोर मौद्रिक नीतिले आर्थिक अवस्थालाई थप जटिल बनाएको विश्लेषकहरु बताउँछन् । हाल पाकिस्तानमा नीतिगत ब्याजदर ११ प्रतिशत रहेको छ । पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानमाथि ब्याजदर घटाउन चर्को दबाब रहेको ट्रिब्युनले उल्लेख गरेको छ । यद्यपि बैंकले ब्याजदर घटाउन अस्वीकार गर्दै आएको छ ।

उच्च ब्याजदर हुँदा निजी क्षेत्रमा ऋण प्रवाह कमजोर हुन पुगेको जनाइएको छ । हाल पाकिस्तानमा ठूलो ऋणको बोझ छ । सरकारले आफ्नो बजेटको आधा हिस्सा अर्थात् ८.२ ट्रिलियन पाकिस्तानी रुपैयाँ ऋण भुक्तानीमा खर्च गरिरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : २७ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको