नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म « Khabarhub

नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर – यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ ।

नाडा अटो प्रदर्शनीका बारेमा जानकारी दिन आज पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नवप्रवर्तन र भविष्यका लागि यस पटकको प्रदर्शनी फरक बनाउने योजना रहेको बताए ।

‘नवप्रवर्तन र भविष्यका लागि सोचेका छौँ, नेपाली उपभोक्तालाई भविष्यसँग जोड्न चाहन्छौँ, नाडा अटो सो–२०२५ लाई नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय, उन्नत प्रविधि र भविष्यतर्फको कदमका रूपमा लिएका छौँ’, उनले भने ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा एक सय २५ भन्दा बढी प्रदर्शकका १९ वटा चारपाङ्ग्रे सवारी, १३ वटा हल्का व्यावसायिक सवारीसाधन, चार वटा दुईपाङ्ग्रे सवारी र ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) बिक्रीका लागि राखिने जानकारी गराइएको छ । प्रदर्शनीमा एक लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ ।

अटो प्रदर्शनीमा युनिट्री रोबोट्सका स्वचालन र कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपाङ्ग्रे रोबोटहरू मुख्य आकर्षण रहने अध्यक्ष चौधरीले जानकारी गराए । ‘यो प्रदर्शनी मात्र नभइ नेपालको दिगो, आधुनिक र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो’, उनले भने ।

‘गो फर मुभ’भन्ने नारासहित आयोजना हुने यस वर्षको प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीतन्त्रलाई एकै छानामुनि ल्याउने विश्वास लिइएको छ । सशक्त साझेदारी र व्यवस्थापनसहित हुने यस प्रदर्शनीका लागि तीन लाख वर्गफुट क्षेत्रफल र एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सुविधाजनक क्षेत्र विभाजन गरी चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स, वित्तीय सेवालगायत सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।

उपाध्यक्ष राजनबाबु श्रेष्ठले नाडा अटो नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल आटो मोबाइल क्षेत्रलाई सुरक्षित, विश्वासनीय र अन्तरराष्ट्रियस्तरको विश्वासिलो बनाउन लागिपर्ने बताए । रासस

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ४७ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा