विश्व व्यापारमा हिस्सा बढाउन भारतले २० हजार करोडको निर्यात प्रवर्द्धन अभियान सञ्चालन गर्ने « Khabarhub

विश्व व्यापारमा हिस्सा बढाउन भारतले २० हजार करोडको निर्यात प्रवर्द्धन अभियान सञ्चालन गर्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले विश्व व्यापारमा आफ्नो हिस्सा बढाउन २० हजार करोड भारुको निर्यात प्रवर्द्धन अभियान सञ्चालन गर्ने भएको छ । अमेरिकी भन्सार महशुल वृद्धिको सम्भावित प्रभावलाई कम गर्नका लागि भारतले यस्तो कदम चालेको हो ।

यस अभियानले भारतको निर्यातलाई थप सशक्त बनाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्म क्षमता बढाउन विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ । यो अभियानले विशेषगरी साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पु¥याउनेछ ।

भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सका अनुसार यस्ता उद्यमलाई नयाँ बजारको पहिचान गर्न, उत्पादनको गुणस्तर सुधार गर्न र डिजिटल प्लेटफर्मको उपयोग मार्फत निर्यात वृद्धि गर्न मद्दत गर्ने जनाइएको छ ।

यस अभियानले कपडा, कृषि उत्पादन र प्रविधिजस्ता भारतको प्रमुख निर्यात क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया