विश्व व्यापारमा हिस्सा बढाउन भारतले २० हजार करोडको निर्यात प्रवर्द्धन अभियान सञ्चालन गर्ने « Khabarhub

विश्व व्यापारमा हिस्सा बढाउन भारतले २० हजार करोडको निर्यात प्रवर्द्धन अभियान सञ्चालन गर्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले विश्व व्यापारमा आफ्नो हिस्सा बढाउन २० हजार करोड भारुको निर्यात प्रवर्द्धन अभियान सञ्चालन गर्ने भएको छ । अमेरिकी भन्सार महशुल वृद्धिको सम्भावित प्रभावलाई कम गर्नका लागि भारतले यस्तो कदम चालेको हो ।

यस अभियानले भारतको निर्यातलाई थप सशक्त बनाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्म क्षमता बढाउन विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ । यो अभियानले विशेषगरी साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पु¥याउनेछ ।

भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सका अनुसार यस्ता उद्यमलाई नयाँ बजारको पहिचान गर्न, उत्पादनको गुणस्तर सुधार गर्न र डिजिटल प्लेटफर्मको उपयोग मार्फत निर्यात वृद्धि गर्न मद्दत गर्ने जनाइएको छ ।

यस अभियानले कपडा, कृषि उत्पादन र प्रविधिजस्ता भारतको प्रमुख निर्यात क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : ३६ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी