जातीय अगुवाद्वारा खैबर पख्तुनख्वामा पाकिस्तानी सेनाले सञ्चालन गरिरहेको कारवाहीको आलोचना « Khabarhub

जातीय अगुवाद्वारा खैबर पख्तुनख्वामा पाकिस्तानी सेनाले सञ्चालन गरिरहेको कारवाहीको आलोचना


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय जातीय अगुवाहरुले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सेनाले सञ्चालन गरिरहेको कारवाहीको आलोचना गरेका छन् । खैबर पख्तुनख्वा प्रान्तको बाजौर र मोहमन्द आदिवासी जिल्लाका जातीय अगुवाहरुले सैन्य कारवाहीको आलोचना गरेका हुन् ।

उनीहरुले आतंकवाद निर्मूल पार्न आफूहरुको पूर्ण सहयोग रहने पनि प्रष्ट पारेका छन् । यद्यपि सैन्य कारवाहीका कारण स्थानीय बासिन्दाहरु विस्थापित हुनु परेको गुनासो गरेका छन् ।

प्रान्तका मुख्यमन्त्री अली अमिन खान गान्दापुरको अध्यक्षतामा भएको प्रान्तको कानून र व्यवस्था सम्बन्धी बैठक (जिरगा) मा उनीहरुले यस्तो बताएका हुन् । जिरगामा सहभागीहरूले बाजौर र मोहमन्दको कानून र व्यवस्था अवस्थाबारे विस्तृत छलफल गरेका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार आफूहरुको चाहना शान्ति कायम होस् भन्ने रहेको र सरकारले यसको सुनिश्चितता गर्नुपर्ने उनीहरुको भनाइ थियो । आतंकवाद सबैको साझा शत्रु भएको भन्दै उनीहरूले यसको उन्मूलनका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । तर, सैन्य कारवाही वा जबरजस्ती विस्थापन स्वीकार्य नहुने उनीहरूको भनाइ थियो ।

सहभागीहरूले संघीय र प्रान्तीय सरकार, आदिवासी अगुवा र सबै प्रमुख सरोकारवालाहरूको प्रतिनिधित्व भएको व्यापक र सशक्त जिरगा गठन गर्न सुझाव दिएका थिए । यस जिरगाले छिमेकमा रहेको अफगान सरकार तथा जनतासँग संवाद गर्नुपर्ने र यसै पहलमार्फत् आतंकवादको दीर्घकालीन उन्मूलन सुनिश्चित हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : १२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल